कृपा संवाददाता
मन्हर्वा –  बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ कुस्माडीका दुई यूवाको स्कुटर दुर्घटनामा परि ज्यान गएपछी चौधरी गाउँनै शोकमा परेको छ । मृतक दिपक र हरेन्द्र छिमेकी हुन् । हरेन्द्र होली अघी मात्रै डेढमहिनाको विदामा दुबईबाट घर आएका थिए । सिमरा स्थीत बैंकबाट पैसा निकालेर घर फर्कदै गर्दा सडक दुर्घटनामा परे । एउटै स्टकुरमा रहेका दुवैको उपचारका क्रममा ज्यान गयो । यती खेर मृतकको गाउँभरी रुवाबासी छ ।

 

 

 

 

दिपककी आमा रमुनी अचेत छिन् । त्यस्तै हरेन्द्रकी आमा बैजन्तरी छिनछिनमा रुने कराउँने अनी बेहोस हुने गरिरहेकी छन् । दिपकका बाबु ईश्वर र हरेन्द्रका बाबु नथुनीको उस्तै अवस्था छ । ४५ घरधुरी रहेको कुस्माडीका हरेन्द्र र दिपक दुबैको ठुलो परिवार छ । अस्पतालबाट शवको पर्खाईमा छौं । गाउँ पुरै शोकमा परेको स्थानिय लक्ष्मी चौधरीले बताए ।

 

 

 

परिवारका दुबै कान्छा सन्तान हुन् । मृतक दुबैका आफन्त दाजुभाई दिदिबहिनी जम्मा भएका छन् । कोही अचेत छन् । कसैलाई पानि चढाईदैछ ,चौधरीले बताए ।

Leave a Reply