जनकपुर,प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताउनु भएको छ ।

सप्तरीको सदरमुकाम राजविराजमा मंगलबार रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएको बताउदै ‘हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ । यो हाम्रो सम्पदा, सम्पन्नता हो । समृद्धि हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसलाई हामीले मनमुटावको बिषय बनाउनुहुन्न । द्वन्द्वको विषय बनाउनुहुन्न ।’ प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पु¥याएको पनि दावी गर्नुभयो ‘कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम गर्यौं । खेतहरुमा सिञ्चाइको प्रबन्ध हामीले ग¥यौं’ उहाँले भन्नुभयो, ‘हामी विकास गर्न सक्छौं । विकासका कामलाई अगाडि बढाउन सक्छौं ।’

स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम गुणस्तरीय हुन्छ प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै पूरा हुने पनि बताउनुभयो । ‘भवन निर्माणको काम छिटै र गुणस्तरीय रुपमा सम्पन्न हुनेछ’ उहाँले भन्नुभयो, जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सम्पन्न हुन्छ ।’ यो काममा स्थानीय पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

कुल ११ अर्ब ९८ करोडको अनुमानित लागतमा ६२ विघा जग्गामा प्रतिष्ठान निर्माण हुन लागिएको हो । प्रतिष्ठानको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) को लागि १५ करोड रुपैयाँ छुट्याइएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा. रणजीतकुमार झाले जानकारी दिनुभयो । ‘डिपिआर गर्न करिब ५÷६ महिना समय लाग्छ’, उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, मधेश आयोगकी सदस्य आभासेतु सिंह, पूर्वसिंचाई मन्त्री उमेशकुमार यादव, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, नेकपा एमालेका केन्द्रीय सदस्य सुखराम यादव, जनता समाजवादी पार्टी प्रदेश २ का सचिव दिनेश यादव र जिल्ला अध्यक्ष केदारप्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, राजविराज नगरपालिकाकी उप–मेयर साधन झा, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतकाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply