आर.के.चौधरी
सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाले वडा नम्बर ३ कौवाबनमा निर्माण गरेको नाला पाँच महिना नबित्दै भत्किएको छ ।
नाला २०७७ साल फागुन महिनामा निर्माण सम्पन्न भएको हो । कमसल निर्माण सामग्री प्रयोग गरेर निर्माण गरिएकाले नाला भत्किएको स्थानीय बासिन्दाले बताएका छन ।
सखुवाप्रसौनी गाउँपालिका वडा ५ का वडा अध्यक्षका भाइले कोटेशन मार्फत नाला निर्माणको ठेक्का लिएका थिए । नाला निर्माणको ठेकेदार गाउँपालिकाका अध्यक्षको आफ्नै मान्छे भएकोले कमसल सामग्री प्रयोग भएको भएपनि सुनवाइ नभएको एक स्थानीयबासीले बताएका छन ।