कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा दोहोरो भत्ता लिने गरेको रहस्य सार्वजनिक भएको छ ।
जिराभवानी गाउँपालिकाको वडा कार्यालयहरूबाट दोहोरो भत्ता लिने २३ जनाको नाम सार्वजनिक भएको छ । दोहोरो भत्ता लिनेमा श्रीमान हुँदा हुँदै एकल महिला भत्ता र जेष्ठ नागरिक भत्ता, पुर्ण अपाङ्ता भत्ता पनि लिने छन् । यस्तो भत्ता लिनेमा वडा नम्बर १ मा ६ जना, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ३ मा ३ जना, वडा नम्बर ४ मा ३ जना र वडा नम्बर ५ मा ७ जनाले दोहोर भत्ता बुझ्दै आएको सूचना गाउँपालिकाले सार्वजनिक गरेको छ ।

















