वीरगन्ज,जनता समाजवादी पार्टी (जसपा) ले सांसद प्रदीप यादवलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्री नबनाएको भन्दै यादवका समर्थकहरुले पार्टी कार्यालय, बालकुमारीमा प्रदर्शन गर्नुका साथै अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका थिए ।

जसपाले यसलाई अशोभनीय र अराजक र पार्टी आचरणको गतिविधि भएको बताएको छ । सांसद यादवकै निर्देशनमा यो काम भएको भन्दै जसपाले तीन दिनभित्र स्पष्टीकरण दिन सांसद यादवलाई पत्र काटेको छ ।

मन्त्री नभएकै कारण कि अमर्यादित अभिव्यक्ति दिएको ? चित्त नबुझेका कुरा पार्टीभित्र राख्नुपर्नेमा किन अनुशासनहीन काम गरेको ? पार्टीको झण्डा जलाउने, कार्यालयमा तोडफोड गर्ने कार्य किन गरेको लगायतका प्रश्न सोधिएको स्पष्टीकरण पत्रमा समयभित्र जवाफ नआए विधान र नियमाअनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

Leave a Reply