कलैया,बारा प्रहरीले मंगलवार साँझ ६ किलो अवैध चाँदी बरामद गरेको छ ।प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरिक्षक अमृत मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पथलैया चोकमा यात्रुवाहक बस जाँच गर्ने क्रममा १० लाख ८० हजार मूल्य बराबरको चाँदीका विभिन्न किसिमका गरगहना बरामद हो ।

प्रहरीका अनुसार वीरगञ्जबाट तुलसिपुर दाङतर्फ जाँदै गरेको बा.प्र.३२५६ नम्बरको यात्रुवाहक बसको क्याविनभित्र सिटमुनी बेवारिसे अवस्थामा उक्त चाँदी फेला पारेको हो ।प्रहरीले बेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन खोलेर हेर्दा कार्टुनभित्र लुकाई छिपाई राखिएको चाँदीको रेडिमेड गहना बरामद गरेको बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । बरामद गरगहनालाई आवश्यक प्रक्रिया अनुसार राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply