वीरगन्ज,पर्सा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको ठूलो परिमाणको गाँजा पर्सा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिहिवार ७ क्विन्टल गाँजा जलाएर नष्ट गरेको हो ।विभिन्न मितिमा पर्साका विभिन्न स्थानबाट बरामद गरिएको गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।छिमेकी राष्ट्र भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै पुनः बढ्दै गरेको गाँजा तस्करीलाई नियन्त्रण गर्ने अभियानअन्र्तगत गाँजा बरामद गरिएको हो । बिहीबार संचारकर्मी लगायतका सरोकारवालाहरुको रोहबरमा गाँजा नष्ट गरिएको प्रवक्ता गिरीले बताए ।

 

Leave a Reply