काठमाडौं, २३ भदौं :नयाँबानेश्वरमा भएको जेनजी आन्दोलन कभरेजका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ प्रहरीको गोली लागेर घाइते भएका छन् ।

प्रदर्शनको दृश्य खिचिरहेका बेला श्रेष्ठको पाखुरामा गोली लागेको र हाल सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रुपेश श्रेष्ठले जानकारी दिएका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शनको भिड अनियन्त्रित बन्दै संसद भवन परिसरसम्म प्रवेश गरेको थियो । रोक्ने प्रयास गरेका प्रहरीले नियन्त्रण पाउन नसकेपछि गोली चलाएको बताइएको छ ।

Leave a Reply