निजगढ,निजगढ नगरपालिका १० लालस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालयमा आइतवार वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
नेरामावि लालको ५०औं र अनुपदिपनी कोल्हबीको ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
नेरामावि लालमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम वडा अध्यक्ष आशाकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सांसद मैनालीले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि गरेको प्रयासको सरहना गर्दै शिक्षाको गुणस्तर कायम गर्न विद्यालयका शिक्षक र अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, निजगढ ८ को गौरीशंकर माविका प्रअ बद्रीनारायण झा, निजगढ ५ को सार्वजनिक माविका प्रअ हस्तबहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी अनुप दिपनी मावि कोल्हबीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरीप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको पनि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले नै पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मीकुमारी चौधरी, विद्यालयका प्रधानाध्यापक रामप्रकाश चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी, पूर्वप्रधानाध्यापक केवलप्रसाद चौधरी, समाजसेवी जयप्रकाश चौधरी, जितिया बहुउद्देश्यीय सहकारी संस्था कोल्हबीका अध्यक्ष भुवनप्रसाद चौधरी, समाजेवी सुभद्रा धिमाल, बद्रीप्रसाद भट्टराइलगायतको उपस्थिति रहेको थियो ।

















