निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोलको शिक्षक अभिभावक संघको अध्यक्षमा शान्ति सापकोटा चयन हुनुभएको छ ।विद्यालयका शिक्षक अभिभावकहरुको सोमवार भएको भेलाले सापकोटाको अध्यक्षतामा शिक्षक अभिभावकसंघ गठन गरेको हो । संघको सदस्यहरुमा अभिभावकहरुबाट लक्ष्मी गौतम, शम्भु तिमल्सिना, दिपक सापकोटा,राजेश सन्जेल, कृष्णप्रसाद तिमल्सिना, जिवनाथ बन्जारा, सुष्मिता धिताल, कमल तिमल्सिना र शिक्षकहरुको तर्फबाट प्रधानाध्यापक यादवकुमार तिमल्सिना तथा सहायक श्रीहरी न्यौपाने चयन हुनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply