निजगढ,निजगढस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना बढेपछि न्यूनीकरणको कामना गर्दै शुक्रवार श्रीमद भागवत वेद पाठसहित पूजा गरिन लागिएकोछ ।सडक दुर्घटना न्यूनीकरण र दुर्घटनाबाट मृत्यु भएकाहरुको सतगति प्राप्ति र चिरशान्तिको लागि भन्दै २१ जना ब्राह्मणहरुद्वारा श्रीमद भागवतसहित वेद, रुद्री पाठ र हवन गरिन लागिएको आयोजक समितिका भोजराज अधिकारीले जानकारी दिनुभएको छ ।निजगढ ९ स्थित लच्काको अस्पताल चोकमा बिहान ७ बजेबाट शुरु हुने पूजापाठमा सरिक हुन निजगढबासी सम्पूर्णमा आयोजक समितिले अनुरोध समेत गरेको छ ।
पछिल्लो निजगढस्थित पूर्वपश्चिम राजमार्गको बकैयादेखि भमरा खोलासम्मको क्षेत्रमा पछिल्लो समय अत्याधिक मात्रामा सवारी दुर्घटना बढेको छ । अघिल्लो २ महिनाको अवधिमा यो सडक खण्डमा भएका सवारी दुर्घटनामा परेर आधा दर्जनभन्दा बढी सर्वसाधारणको ज्यान गएको छ भने सोही सख्यामा घाइते बनेका छन ।

 

Leave a Reply