नेपालमा खासगरी सबै राजनीतिक दलका नेताहरू के उत्तिकै खराब छन् ? यो गम्भीर प्रश्न रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा यतिखेर प्रधानमन्त्री केपी ओली सरकारविरुद्ध आन्दोलनमा छन् र उनीहरूलाई ‘तिमीहरू पनि ओलीजस्तै त हौ नि’ भन्ने टिप्पणी प्राप्त भइरहेको छ । पाँच दलको गठबन्धन कति सफल हुन्छ, अहिले नै भनिहाल्न सकिदैन ।
तर, सात सालको राजनीतिक परिवर्तनदेखि बैसठ्ठी(त्रिसठ्ठीको आन्दोलनसम्म राणा शासन ढाल्दा होस् वा पञ्चायती व्यवस्था फाल्दा होस्, राजतन्त्रलाई विदाइ गर्दा पनि प्रजातन्त्रवादी र वामपन्थी शक्तिहरू मिलेर लडेको इतिहासलाई हेर्दा यसको सफलताप्रति आशावादी हुन सकिन्छ । तर, आम जनताले विश्वास गर्ने गरी पाँच दलका नेताहरूबाट प्रधानमन्त्री ओलीको समूहभन्दा भिन्न व्यवहार देखाउने संकेत दिन नसकेका कारण सफलताको सुनिश्चितता भने गर्न सकिन्न ।
आम जनताका लागि प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीहरू देउवा वा प्रचण्ड उस्तै(उस्तै छन । अदालतदेखि संवैधानिक निकाय र प्रशासनसम्म आफ्ना कार्यकर्ता भर्ने व्यवहारका लागि पदमा पुगेका कार्यकारी प्रमुखहरू कोभन्दा को कमको अवस्थामा छन् । तर पनि सबै नेतालाई गाली गरेर पनि बहुदलीय व्यवस्था र लोकतन्त्रलाई सफल बनाउन भने सकिन्न ।