संभवतः शनिबारबाट बारा र पर्सा क्षेत्रमा लगाइएको लकडाउन सकिदै छ । गत बैशाख १५ गतेबाट लगाइएको निषेधाज्ञालाई लगभग दुई महिनाजति लगाइएको छ । हुनत यसलाई लकडाउन भनिएको त छैन, निष्योधाज्ञा भनिएको छ । तर आम नागरिकहरुका लागि लकडाउन र निषेधाज्ञामा खासै फरक छैन र भएको पनि छैन । कोरोनाको कहर बढ्दै गएपछि स्थानीय प्रशासनहरुले निषेधाज्ञाहरु लगाएका हुन् ।

निषेधाज्ञाका कारण नेपालीहरुको मात्रै होइन सारा बिश्वको समेत जनजीवन प्रभावित भएको छ । यद्यपि बिश्वका धेरै देशहरुले कोरोना कहरलाई फरक तरिकाले लिएका छन् र फरक मोडालिटी पनि अपनाएका छन् । हामी भने घरभित्र थुनिएर पनि कोरोनाबाट सिकार हुनु परेको छ र कोरोनाबाट नागरिकहरुको ज्यान पनि गएको छ । कोरोनाले अर्थतन्त्रलाई नराम्रोसंग गाँजेको छ । अब अर्थतन्त्र फेरि लयमा आउन धेरै गाहे छ ।

अब सरकारले पनि घरभित्रै थुन्ने उपायको बिकल्प खोज्न आवश्यक छ । अब लकडाउन वा निषेधाज्ञा जे भनेपनि यसको बिकल्प खोज्न आवश्यक छ । अब अर्थतन्त्र डामाडोल बनाइएर यो निषेधाज्ञा लगाइरहनुको अर्थ छैन । बरु यसलाई कसरी ब्यवस्थित बनाउन सकिन्छ भन्नेमा भने सरकारले नीति बनाउन आवश्यक छ अब लकडाउन सँधै नगरौं । बिकल्प खोजौं ।

 

Leave a Reply