वीरगन्ज,दोश्रो लहरको कोरोनाका कारण हटस्पट बनेको पर्सामा सकृय संक्रमितको संख्या ५० भन्दा कममा झरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार अब पर्सामा जम्मा सकृय कोरोना संक्रमितको संख्या ४४ मात्रै रहेको छ । अस्पतालमा पनि बेडहरु खाली भएका छन् । कोरोना संक्रमितहरुका लागि भन्दै छ्ट्याइएका बेडहरु लगभग खाली भएका छन् । हाल जम्मा १४ जना कोरोना संक्रमितहरुको वीरगन्जको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । पर्सामा हाल एकजनाको मात्रै भेन्टीलेटरमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोरोना फोकल पर्सन बिनय श्रीवास्तवले जानकारी दिनुभयो । हाल वीरगन्जको नारयणी अस्पतालमा १२ जना र नारायणी बयोधा अस्पतालमा मात्र २ जना उपचार रहेको पनि उहाँले जानकारी दिनुभयो । बाँकी ३० जना भने होम आइसोलेनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सरकारले भने ५ सय सकृय संक्रमित रहेको खण्डमा मात्रै निषेधाज्ञा लगाउन सक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here