नेपालको पर्यटकीय शहर पोखरा र वीरगन्ज क्षेत्रको आफ्नै महत्व छ । वीरगन्ज क्षेत्र भनेपछि वीरगन्ज, सिमरा सबैलाई भन्न खोजिएको हो । पोखरा र वीरगन्जसंगको सम्बन्ध सबै हिसावले जोडिन आवश्यक छ । भौगोलिक रुपमा पनि अलि फरक रहेका यी दुई ठाउँका नागरिकहरुको सम्बन्ध पनि जोड्ने काम गरियो भने यसले पनि राष्ट्रियतालाई गति दिने काम गर्छ ।
राष्ट्रियता भन्ने कुरा भूगोलमा पनि हुन्छ । दुई ठाउँका नागरिकहरुको मिलाप र भेटघाटले पनि आत्मियता देखाउछ अनि आपसमा भाइचाराको भावनालाई अगाडि बढाउछ । त्यसो त यो जोड्ने कार्य व्यवसायिक रुपमा अहिलेसम्म्म नभएकै हो अब आजबाट भने हुने कुरा व्यवसायीहरुले बताएका छन् ।
बाराको सिमराबाट सिधै पोखरा हवाइ उडान शुरु हुने भएपछि यसले सबैलाई फाइदा पुग्नेछ । अझै सिमराबाट पोखरा जाने सर्वसाधारण नागरिकहरुका लागि पनि व्यवसायीहरुले नीति बनाउन आवश्यक छ । व्यवसायिक रुपमा त यो एकदमै राम्रो कार्य भयो सर्वसाधारण सबै नागरिकहरुलाई पनि अलि सस्तो दररेटमा पोखरा घुमाउन सकियो भने यसले निकै सफलता हासिल गर्ने निश्चित छ ।