वीरगन्ज,वीरगन्ज उद्योग वाणिज्य सङ्घले समितिहरु थप विस्तार गरेको छ । विस्तारित समितिहरुमा प्रदर्शनी,महोत्सव समिति, बैंक तथा वित्त समिति र होटल तथा पर्यटन समिति रहेका छन् ।
प्रर्दशनी÷महोत्सव समितिको संयोजकमा गोविन्दप्रसाद शाह र सह–संयोजकमा मनोजकुमार शर्मा, बैंक तथा वित्त समितिको संयोजकमा आशिष लाठ र होटल तथा पर्यटन समितिको संयोजकमा अनोज रुँगटा मनोनयन हुनुभएको हो ।
कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले समितिहरुको काम कारबाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विश्वास लिएको बताउनुभयो । साथै उहाँले विस्तारित समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न पनि सक्ने बताउनुभयो ।
समितिका संयोजकहरुले भने आपूmहरुमाथि विश्वास गरी समितिको संयोजक तथा सह–संयोजकमा मनोनयन गर्नुभएकोमा आभार प्रकट गर्दै समितिको काम कारवाही आपूmहरुले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने आश्वासन दिनुभएको थियो ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपालको पनि उपस्थिति रहेको थियो ।