पुष्पराज खतिवडा

मनहर्वा,जिल्लाको सुवर्ण गाउँपालिकाको प्रमुख र उपप्रमुमा नेपाली कांग्रेसका उम्मेदवारले विजय प्राप्त गरेको छ । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका राजेश यादव अध्यक्ष र पुनम कुमारी यादव उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा यादवले ५ हजार ३५१ मत पाउनुभएको छ भने उपाध्यक्ष पदमा यादवले तीन हजार नौ सय ८० मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टीका मेयर उमेदवार महेन्द्र यादवले ३ हजार १३७ मत पाउनुभएको छ । उपाध्यक्षमा राजपती देवीले ३ हजार ३४८ मत मात्रै प्राप्त गर्नुभयो ।

Leave a Reply