नेपालमा काम गर्नेभन्दा गफ गर्नेहरुको संख्या अधिक छ । राजनीतिमा मात्र होइन,समाजको सबै क्षेत्रमा यो खालको प्रवृत्ति हाबी भएको देखिन्छ ।राजनीतिमा लाग्नेहरुले त झन् काम गरेर जनताको मन जित्नुपर्नेमा कामभन्दा कुरा बढी गर्न खप्पिस छन । पदमा नपुगुञ्जेलसम्म यो गर्छु र त्यो गर्छु भन्ने अनि पदमा पुगेपछि सिन्का पनि नभाँच्ने नेताहरुको बानी नै परिसक्यो । नेपालमाजुनसुकै राजनीतिक दलको नेता भएपनि यो प्रवृत्तिबाट अलग हुन सकेको देखिदैन । सत्तामा रहदा एउटा र सत्ता बाहिर पुगेपछि अर्को कुरा गर्नेपनि प्रवृत्तिले नागरिकबीच नेताहरुको शाख दिन प्रतिदिन गिर्दो छ । जनताले बिस्तारै त्यस्तो प्रवृत्तिलाई तिरस्कार गर्न खोजेको भएपनि फेरि यो वा त्यो बाहनामा उनीहरु नै देशमा हाबी हुदैआएका छन ।

गठबन्धन पनि एउटा त्यही कडी हो । जसमार्फत जनताले अस्वीकृत गरेका नेताहरुलाई पटक पटक सत्तामा पु¥याउने गरिन्छ । जनमतबाट अस्वीकृत भएका केही नेताहरुलाई यसरी नै लगिएको छ । तर अरुको कुरा जे भए पनि बाराका विगतमा जसपाका नेता हाल उपराष्ट्रपती रहुनभएका रामसहाय प्रसाद यादवको स्वभाव भने त्यस्तो नहुन पर्ने हो ।
लामो समयसम्म शिक्षण पेशमा रहेर राजनीतिमा आउनुभएका यादवमा गफ गर्नेभन्दा पनि काम गर्ने शैली बढी भएको देखेर नै बाराका जनताले पत्याएका थिए तर उहाँले शिलान्यास गरेको एउटा पुलको अवस्था आज बेहाल छ । यसबाट उहाँ पनि जनताले आशा गरेजस्तो नेतामा पर्नसक्नु भएको छैन ।

उहाँ जनताको मतले उपराष्ट्रपती पदमा पुगेपनि उहाँको क्षेत्रका नागरिकहरुको अवस्था भने बिजोग छ । अहिले उहाँ देशको सम्मानित संस्थामा रहनुभएको छ र उहाँ सरकार वा सांसदहरुमार्फत क्षेत्रको विकास निर्माणको काम गराउन सक्ने हैसियतमा हुनुहुन्छ । उहाँले चाहने हो भने त्यही ठाउँबाट चुनाव जितेकाजसपाका अध्यक्ष उपेन्द्र यादवमार्फत पनि जनताको लागि काम गराउन सक्ने अवस्था छ । फोस्रा भाषण गर्नुभन्दा जनताको यस्तो पीडामा साथ दिने कि माननीय ज्यू ?

 

Leave a Reply