नेकपा माओवादी केन्द्र सशस्त्र संघर्षबाट देशको मुल राजनीतिमा उदाएको पार्टी हो । करिब दश वर्षसम्म देशमा हिंसात्मक गतिविधि संचालन गरेपछि यो पार्टी संसदीय अभ्यासमा आएको हो ।संसदीय अभ्यासमा यो पार्टी आएको पनि १५ वर्ष पूरा भइसकेको छ । यद्यपि माओवादी सशस्त्र संघर्षका क्रममा नेपाली जनताको मनमा लागेका केही घाऊहरु भने अझै बाँकी छन् । पटकपटक सहित अहिले माओवादीले तेश्रो पटक सरकारको नेतृत्व गरिरहेको छ ।माओवादीले सरकारको नेतृत्व गरिहदा शनिवारबाट ‘तीन महिने माओवादी रुपान्तरण’ अभियान संचालन गरेको छ । माओवादीमा समस्या खासमा तल्ला तहका कार्यकर्ताहरुमा छैन । धेरै समस्या त पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री प्रचण्डसंग नै जोडिएर आएका छन ।जनतालाई भ्रम पैदा गर्नका लागि खप्पिस माओवादीका अध्यक्ष प्रचण्डले फेरि पनि माओवादी नै शक्तिशाली बन्ने छ भनेर देखाउन र पार्टी काम नपाएर बेरोजगार जस्तै बनेका आफ्ना कार्यकर्ताहरुलाई समेत परिचालन गर्नको लागि यो अभियान संचालन गरेको देखिन्छ । माओवादीसंग जतनाको वषौं पहिला केही आश थियो नै तर माओवादीले समेत जनतालाई निराश बनाइसकेको छ ।अहिले सरकारले केही काम गर्न खोजेको जस्तो देखिन्छ तर पार लगाउने अवस्था छैन । जेजे विषयमा सरकारले फाइल खोलेको छ, त्यही त्यही कुराहरु मात्र टुंगोमा पुर्याएको भएपनि जनतामा केही हदसम्म फेरि विश्वास पलाउने थियो होला तर सरकारमा रहने, केके न गर्छु भनेर चर्का भाषण गर्ने तर काममा भने सिन्कोसम्म पनि भाँच्न नसक्ने अनि विभिन्न बाहानामा जनतालाई भ्रम मात्र पैदा गर्ने गरी माओवादीले चलाएको यो अभियानले देश र जनताका लागि भनें केही दिन सक्नेवाला छैन ।