रौतहट,रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहामा खेत जोतिरहेको अवस्थामा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । शनिवार बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मरेको छ ।लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमा झरेको ११ हजार भोल्टको तारको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी निरीक्षक झलक शर्माले बताउनुभयो । घटनाको खबर प्राप्त भएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट निरीक्षक शर्माको कमान्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।विद्युतको पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो भन्ने बारेमा यकिन भइनसकेको शर्माले बताउनुभयो ।घटनास्थल रौतहटको सदरमुकाम गौरभन्दा करिब २० किलोमिटर उत्तर–पश्चिममा पर्दछ ।

Leave a Reply