बरियारपुर,पूर्वप्रदेशसभा सदस्य महम्मद समिरले कलैया क्रिकेट क्लबलाई खेल मैदान बनाउने सामग्री वितरण गर्नुभएको छ । समानुपातिकबाट प्रदेशसभा सदस्य रहनुभएका समिरले संसदीय बजेटबाट खर्चेर खेल मैदान कटर, मोटर लगायतका खेलकुद सामग्री वितरण गर्नुभएको हो । माओवादी पार्टी छोडेर एमाले प्रवेश गरेपछि समिरको प्रदेशसभा सदस्य पद खारेज भएको थियो ।

कलैया क्रिकेट खेलाडीको उत्पादन गर्ने सहर भएको भन्दै उहाँले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भएका छन । ‘इतिहास गौरवशाली छ, उहाँले भन्नुभयो, तर यही स्थानमा एउटा राम्रो खेल मैदान नहुनु दुःखको कुरा हो ।’ उहाँले कलैयामा खेलकुद क्षेत्रको विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कलैया क्रिकेट क्लबका अध्यक्ष बस्रुद्दिन मन्सुरलाई पूर्वप्रदेशसभा सदस्य समिरले सिद्धेश्वर खेल मैदानमा सामग्री प्रदान गर्नुभएको हो । कार्यक्रममा कलैया क्रिकेट क्लबका उपाध्यक्ष सुवास जैयस्वाल, सचिव पंकज पाण्डे, बारा क्रिकेट सँघका अध्यक्ष प्रभात चौरसिया, सचिव अनिल चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here