सखुवाप्रसौनी,डिभिजन वन कार्यालय रङ्गपुरले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरघटी टोलबाट शनिबार सखुवाको एक थान गोलिया बरामद गरेको छ । स्थानीयको एक घरमा लुकाइ राखेको अवस्थामा ६ क्युफिट सालको गोलिया बरामद गरेको हो । विशेष सूचनाको आधारमा गएको वन सुरक्षाकर्मी टोलीले शनिबार बिहान ४ बजे काठ बरामद गरेको सब डिभिजन कार्यलयका सुबेदार प्रदिप तिमिल्सिनाले जानकारी दिनुुभयो ।