जियालाल चौधरी,

कोल्हबी,बाराको कोल्हबी बजारस्थित तनहुँ सुनचाँदी एन्ड गहना उद्योगका प्रोप्राइटर अमृत जिआर र माया जियारले कोल्हबी नगरपालिका वाड नम्बर ४ को सुकुम्बासी टोलका ७३ घरधुरी परिवारलाई खाद्यान्न वितरण गर्नुभएको छ । कोभिड १९ का कारण सरकारले जारी गरेको निषेधाज्ञाका कारण दैनिक मजदुरी गरि आफ्ना जीवन चलाउदै आएका परिवारमा दुई छाक टार्न र परिवार पाल्न समस्या भएपछि राहतमा खाद्यन्न वितरण गरिएको सुनचाँदी पसलका प्रोप्राइटर जियारले बताउनुभयो । राहत वितरण कार्यक्रममा स्थानीय भद्रभलादमी, संचारकर्मी र व्यापारीहरुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here