सिकिन्द्र साह
सिम्रौनगढ,नेपाली कांग्रेस बाराका संगठन विभाग प्रमुख शम्भुबहादुर बुढाथोकीले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकालाई शनिबार एक कार्यक्रमबीच स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।
बुढाथोकीले नगरपालिकालाई उपलब्ध गराएको १० सेट पिपिए सेट २ थान थर्मन गन, २ लिटर सेनेटाइजर, ५ हजार मेडिकल मास्क, ओकसो फ्लोर मेसिन, ग्लोब्स एननाइनटिन मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र साहलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बुढाथोकीले आफुले बारा जिल्लाको क्षेत्र नम्बर १ का सबै स्थानीय तहमा कोभिड नाइनटिनको महामारीबाट बच्नको लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको जनकारी गराउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला समिति बाराका कोषाध्यक्ष चन्द्रशेखर यादव, मोहन कुशवाहा, लालबाबु कुशवाहा लगायतको उपस्थिति रहेको थियो । नेता बुढाथोकीले शनिबार नै जिल्लाको कोल्हबी नगरपालिका, बारागढी अदर्शकोतवाल गाउँपालिकामा पनि स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।