सिमरा,प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रवार बारा आउनुहुने भएको छ ।
बारास्थित परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न प्रधानमन्त्री ओली बारा आउन लाग्नुभएको हो ।
प्रधानमन्त्रीको आगमनलाई ऐतिहासिक बनाउन परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षत्रीप्रसाद कुर्मीले कार्यक्रमको भव्य पार्ने तयारी भइरहेको बताउनुभयो । जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा एमालेका नेता–कार्यकर्ता उत्साहका साथ कार्यक्रम सफल बनाउन जुटिरहेका उहाँको भनाई छ ।उद्घाटन समारोहमा नेकपा एमालेका अगुवा, नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई उपस्थितिका लागि नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष तथा वीरगञ्ज महानगरका इन्चार्ज बिचारी यादवले अनुरोध गर्नुभएको छ । भवनको उद्घाटनपछि प्रधानमन्त्री ओलीको सम्वोधन गर्ने कार्यक्रम छ ।यसैबीच ठोरी गाउँपालिकाको लागि साउन ९ गते तय गरिएको प्रधानमन्त्री ओलीको बहुप्रतीक्षित भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।
















