अनिल तिवारी
सिमरा – रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा भएको घटनामा संलग्नलाई कडा कारबाहिको माग गर्दै बाराको सिमराका स्थानियहरुले ईलाका प्रशासन मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । जाजरकोट जील्लाको भेरी नगरपालिकाका वडा नं. २१ का मृतक नवराज विकले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन भनी गएको समयमा शनिबार बेलुका उनको हत्या भएको र यस हत्यामा संलग्नलाई कडा कारवाहिको माग गर्दै सिमराका केहि दलित महिला जनतिनिधी सहितले प्रदर्शन गर्दै दोषीलाई कारवाहिको माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।
अन्तरजातिय बिवाह एवम प्रेम सम्बन्ध राखेको र दलित भएकै कारण विगतका दिनमा काभ्रेका अजित मिजार, सप्तरीका शिवबंकर दास, झापाकी अस्मिता तोलाङ्गे, तनहुकी संगिता परियार लगाएत दलित युवायुवतीको हत्या गरीएको घटनाहरुको न्यायनिरुपण नहुदैँ भेरी नगरपालिकाकामा घटेको यस घटनाको ससंदिय न्यायिक समितिको गठन गरी दोषीलाई कडा कारवाहिको माग गर्दै आफुहरु मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको स्थानिय दलित अगुवा जिवन कालिकोटेले जानकारी दिनुभयो ।
बाराको जीतपुरसिमरा उपमहानगरपाकिला वडा नम्बर २ सिमराको मुख्य चोकबाट विभिन्न पर्चापम्पलेट सहित शुरु भएको प्रदर्शनले ईलाका प्रशासन कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय सिमराका प्रमुखद्धयलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पात्र बुझदै ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले प्रहरीले आफ्नो तर्फबाट पुर्ण रुपले काम गर्दै आएको जानकारी दिनुभएको थियो ।



















