रौतहट,चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको अध्यक्ष पदको लागि भएको निर्वाचनमा उदयनारायण सापकोटा विजयी हुुनुभएको छ ।सापकोटा संघको निर्वतमान अध्यक्ष पनि हुनुहुन्छ ।सदस्य मतदाताहरुद्वारा भएको मतदानबाट विजयी हुुनुभएका सापकोटाले ५ सय २ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिव्दन्दी सुनिल साहले २ सय ६९ मत प्राप्त गर्नुभएको थियो ।

२ सय ३३ मतान्तरमा सापकोटा बिजयी हुनुभएको हो । १ हजार ९७ मतदाता रहेको संघको बुधवार सम्पन्न निर्वाचनमा ८ सय २ मत खसेको थियो ।विजयी भएपछि सापकोटाले चन्द्रपुरको पहिचान र व्यव्सायीको हितमा सदैब क्रियाशील रहने बताउनुभयो । निर्वाचन समिति संयोजक दिलिप कोइरालाले अन्य सदस्य पदका उम्मेदबार निर्विरोध निर्वाचित भएको जानकारी दिनुभएको छ ।

Leave a Reply