खासगरी मधेशको राजनीतिमा उपेन्द्र यादवको नामा यसै पनि चर्चामा छ । त्यसो त उपेन्द्र यादवले मधेश करिक प्रन्ध वर्ष यो या त्यो नाउमा राज गरेकै हुन् तर हालै सम्पन्न भएको निर्वाचनमा उनी सप्तरीबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसंग पराजित भएपछि भने उनको राजनीतिक भविष्य सकिएको एकथरीको तर्क थियो तर पछिल्लो समय उनले त्यो पनि भन्न नदिने गरी अर्को चाल चालेका छन् ।बारा जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित उनकै पार्टीका बाराका राम्रो छवी बनाएका नेता रामसहाय यादवलाई उपष्राट्रपति बनाएपछि उनले अर्को चाल चालेका छन् । हुन त रामसहायले उपराष्ट्रपति पद पाएका छन् । संबिधान त यो सम्मानित पद हो तर राजनीतिक रुपमा भने खासै केही होइन । रामसहायप्रति सहानुभूति देखाउनेहरु उपेन्द्र यादवका लागि बारा २ छाडेकोमा खुसी छैनन् ।बरु उनको राजनीतिक भविष्यप्रति चिन्तित भएको देखिन्छन् । बारा २ बाट उपेन्द्र यादव निर्वाचित होलान् कि नहोलान् त्यो त फरक पाटो हो तर रामसहायको राजनीति भने उपेन्द्र यादवले सल्टाइदिएका छन् । उपेन्द्रको भविष्य भने के होला त्यसका लागि केही महिना पक्कै कुर्न पर्नेछ ।

Leave a Reply