नरेश गुप्ता

बरियारपुर,बाराको महागढीमाईमा पालिका स्तरीय पुर्णखोप निरन्तरता घोषणा सभा शुक्रवार सम्पन्न भएको छ । महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवले पुर्णखोप निरन्तरता घोषणा सभामा बोल्दै स्वास्थ्यकर्मीले आफ्नो दायित्व निभाउनु पर्ने बताउनुभयो ।

खोप लगाउनबाट कुनै पनि बालबालिका नछुटुन र अभिभावकले पनि आफ्नो दायित्वबाट पछाडि नहटुन उहाँले भन्नुभयो । महागढीमाई नगरपालिका पुर्ण खोप सुनिश्चिता घोषणा गरिएको बताउदै यसलाई हरेक वर्ष बालबालिकालाई दिइने खोप बाट बंचित नगर्न त्यसको लागि स्वास्थ्यकर्मीले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने नगर प्रमुख यादवले बताउनुभयो ।

पुर्णखोप निरन्तरता घोषणा कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रमेशराज रिमालले महिला, पुरुष र बालबालिकाको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्नु पर्नेमा जोड दिनुभयो । महागढीमाई स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगर उपमुख तारा देवी कानु , स्वास्थ्य संयोजक बिजय कुशवाहा, सहसंयोजक अजय सिह लगायत महागढीमाई नगरभित्रका स्वास्थ केन्द्र, स्वास्थ चौकी प्रमुखको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here