काठमाडौं । माल्दिभ्समा भइरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।
मंगलबार राति मालेमा भएको खेफमा नेपालले श्रीलंकालाई ५५–४९ ले पराजित गरेको हो ।
पहिलो खेलमा घरेलु टोली माल्दिभ्ससँग पराजित भएको नेपालले श्रीलंकालाई हराएर पहिलो अंक जोडेको हो ।
पहिलो खेलमा भुटानलाई हराएको श्रीलंकाको यो पहिलो हार हो । सन् २०१६ मा नेपालमा भएको पहिलो साबा च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित हुँदै उपविजेता बनेको थियो ।