कलैया,सर्पदंशबाट बाराको पचरौतामा एक बालकको मृत्यु भएको छ ।पचरौता नगरपालिका– ३ श्रीनगर बैरिया निवासी मनोजप्रसाद कुशवाहाका अन्दाजी ११ वर्षीय छोरा संगमकुमार कुशवाहाको सर्पको टोकाइबाट मृत्यु भएको हो । कुशवाहालाई शुक्रबार राति करिब १०ः३० बजे सर्पले टोकेको थियो ।सर्पले टोकेको जानकारी पाएपछि परिवारका सदस्यले घरमै धामीझाँक्री बोलाएर उपचार गर्ने प्रयास गरेका थिए । धामीझाँक्रीले अस्पताल लैजान सुझाव दिएपछि जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पताल कलैयातर्फ ल्याउने बालकको बाटोमै मृत्यु भएको थियो ।



















