नरेश गुप्ता
बरियारपुर,घरको छतबाट खसेर बाराको जीतपुरसिमरामा ४ बर्षिया बालिकाको आइतवार मृत्यु भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित अल्पाइन अस्पताल नजिकै रहेको राजिव रंजन श्रीवास्तवको ४ तल्ले घरको छतबाट खसेर उहाँकी ४ वर्षिय छोरीको अनु मृत्यु भएको हो । खेल्दै गरेको अवस्थामा बालिका छतबाट खसेपछि मृत्यु भएको ईलाका प्रहरी कार्यलय सिमराले जनाएको छ ।
छतबाट खसरे टाउकोमा गंम्भीर चोट लागेपछि अल्पाइन अस्पताल सिमरामा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई वयोधा अस्पताल वीरगन्ज लगिएको बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
यसैगरी कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित तामागढी साझेदारी वनमा बेवारिसे शव फेला परेको छ । प्रहरीका अनुसार तामागढी गेटबाट ३ किलोमिटर दक्षिणतर्फ तामागढी– कोल्हबी सडकबाट ५० मिटरभित्र जंगलमा अन्दाजी वर्ष ५५ को नामथर वतन नखुलेको पुरुष व्यक्तिको लास फेला परेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक सन्तोषकुमार दाहालको कमाण्डमा खटेको मुचुल्का सहितको घटना विवरण तयार पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।