मानिसको बाच्न पाउने अधिकारको संविधानले नै ग्यारेन्टी गरेको हुन्छ र हरेक मानिसले आफ्नो जीवन अमनचयनका साथ बिताउन पाउछ । कसैको हानी नोक्सानी गरिकन उसले आफ्नो जीवन जिउने अधिकार संविधानले नै स्पष्ट पारिदिएको छ । त्यसो त कसैको हानी नोक्सानी गरे कानुनतः कारबाहीको सजायको भागीदार हुनुपर्दछ । तर, समाजमा यस्तो अपराधको घटना पनि हुने गर्दछन् जुन कुनै हातलमा क्षम्य हुन सक्दैन ।

सोमबार राति बाराको कलैयामा यस्तै एउटा निर्दयी र जघन्य अपराधको घटना सार्वजनिक भएको छ । जुन हरेक हिसाबले अक्षम्य अपराध हो । कलैयाका दुुई नाबालकहरुको हत्या भएको छ । हत्या आफैमा अपराध हो । यहाँनिर हत्या कसैको पनि हुनु हुदैन स्पष्ट छ । तैपनि यस्ता नाबालकहरुबाट गल्ती नै केही हुदैन । बच्चाले गर्ने गल्तीको हिसाब पनि हुदैन । बच्चाले जानेर कहिल्यै अपराध गर्दैैनन् । त्यसैले त बच्चाको मुखमा भगवानको बास हुन्छ भनिन्छ ।

यस्ता बच्चाहरुको मध्य रातमा निर्मम तवरले हत्या भएको छ । बारा प्रहरीले यस्तो जघन्य अपराधमा संलग्नहरुलाई चांडै पक्राउ गरी कानुन अनुसार दण्डित गर्न सफल हुनु पर्दछ । त्यसो त दण्ड प्रहरीले दिँदैन तर नेपालमा न्यायलय समेत बिक्री हुने गरेको आरोप लाग्ने गरेकै छ । यस्ता अपराधमा संलग्नहरुलाई जेलमा कुहाउनु पर्छ । नागरिकले यस्तो फैसलाको प्रतीक्षा गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here