निजगढ,निजगढ नगरपालिकाले संचालनमा ल्याएको आपतकालिन कार्य संचालन कक्षको बुधवार उद्धाटन गरिएको छ ।जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह, उपप्रमुख चण्डिका उप्रेती र नगर प्रमुख सुरथ पुरीले रिबन काटेर संयुक्तरुपमा आपतकालिन कार्यसंचालन कक्षको उद्धाटन गर्नुभएको हो ।निजगढ नगरपालिका कार्यपालिकाको कार्यालय भवनमा रहेको कक्षबाट नगरभित्र उत्पन्न हुने विपदका घटनाको सूचना संकलन, उद्धार तथा प्रतिरोधि सम्बन्धि कार्य गरिने निजगढ नगरपालिका कार्यालयकाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षबाट ५ जना कर्मचारीले विपदमा परेका नागरिकहरुको उद्धार तथा राहत वितरण र पुर्नस्थापनाको लागि योजना निर्माण सम्बन्धि काम गर्नेछन ।

Leave a Reply