निजगढ,ईलाका प्रहरी कार्यालय निजगढले लागुऔषधको खरिद बिक्री गर्दैगरेको अवस्थामा ३ जनालाई नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीय विकास रुम्बा, निजगढ नगरपालिका वडा नम्बर २ सिंगौल बस्ने २९ वर्षीय गोपाल श्रेष्ठ र २२ वर्षीय रुपेश मगरलाई लागुऔषध ट्रामाडोल २ सय १५ क्याप्सुलसहित शनिवार बेलुकी नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाका अनुसार लागुऔषध सहित कोल्हबी तर्फबाट बसमा चढेर आएका रुम्बाले ल्याएको उक्त लागुऔषध खरिद गर्न भनेर प्र.२–०३–००४ प ८९२१ नम्बरको मोटरसाइकल चढेर आएका श्रेष्ठ र मगरलाई निजगढ नगरपालिका वडा नम्बर ८ स्थित तामागढी गेट नजिकबाट प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले रुम्बाको शरीर खानतलासी गर्ने क्रममा सर्टको बाहुलामा लुकाएर राखेको अवस्थामा लागुऔषध बरामद भएको बताएको छ । पक्राउ परेकाहरुमाथि जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply