वीरगन्ज,प्रकृति सेवा प्रतिष्ठान नेपाल पर्साले प्राकृतिक अक्सीजन वितरण कार्यक्रम शुरु गरेको छ । संस्थाको नितिनियम अनुसार महामारीको बेलामा प्राकृतिक प्राणवायु, विभिन्न खाले बोट बिरुवाहरुबाट प्राप्त हुने भएकाले समाजका अगुवाहरुलाई बिभिन्न बोट बिरुवाहरु प्रदान गर्ने अभियान शुरु गरिएको संस्थाका सहसचिव अभिनास झाले बताउनुभयो । महामारी नियन्त्रणको क्रममा अग्र भागमा रहेर काम गर्ने प्रहरी, चिकित्सक, पत्रकार, औषधि पसल तथा सर्वसाधारणलाई बिरुवा वितरण गर्ने अभियान जारी राखिएको उहाँले बताउनुभयो । अहिलेको पुस्ताले बेलैमा प्रकृतिको संरक्षण गर्न नसकेको खण्डमा कालान्तरमा सँधै अक्सीजनको सिलिण्डर बोक्नुपर्ने बाध्यता आउने हुँदा बेलैमा सचेत भइ घर वरपर बृक्षारोपाण गर्न समेत उहाँले सबैसंग अपील गर्नुभएको छ ।