कृष्णमोहन साह

सेढवा,भारतबाट अवैध रुपमा भित्राउँदै गरेको चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपालको विभिन्न नाका हुदै भिार्तयाइएको ठूलो संख्याको राङ्गा भैंसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गण मातहतबाट विभिन्न स्थानमा राखिएको सशस्त्र प्रहरी वोर्डर आउट पोष्टबाट खटिएका टोलीले ४७ वटा राँगाभैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो । १३ नम्बर गणबाट गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वर्डा नम्बर– ५ सखुवनियाबाट ३२, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक केदार राईको नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ३ को जितपुरबाट ८ वटा राँगाभैसी बरामद गरेको उहाँले बताउनुभयो । त्यस्तै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किशमान तमाङ्गको नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ३ कै परसवाबाट ७ वटा राँगाभैँसी नियन्त्रणमा लिएको छ । विभिन्न स्थाबाट गरि जम्मा ४७ वटा राँगाभैँसी आइतबार बिहान तीन बजेको समयमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षाक खड्काले बताउनुभयो । नियन्त्रणमा लिइएका भैंसी भारतको इनरवा हुदै नेपालको पाण्डेपुर नाकाबाट नेपाल भित्रिएको स्थानीयले बताएका छन् । त्यस क्षेत्रमा बिगत लामो समयदेखि भारतीय रागाँ भैंसीको अवैध कारोबार हुँदै आएको सूचनापछि सशस्त्र प्रहरीले सुरक्षा गस्तीलाई कडाइ गर्नेक्रममा अवैध रुपमा भित्र्याइएका पशुचौपाया नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका चौपायालाई आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सारमा पठाउने तैयारी भईरहेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिनुभयो ।

Leave a Reply