सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको ४ स्थानमा सशस्त्र प्रहरी बलको नवनिर्मित भवनको आइतबार उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले
सिम्रौनगढ नगरपालिकाको गोलागन्ज, पचरौता नगरपालिकाको बेलदारी, कलैया उपमहानगरपालिकाको मटिअर्वा र बिश्रामपुर गाउँपालिकाको मुसहर्वामा बिओपी भवनको उदघाटन गर्नुभएको हो । गोलागन्जको बिओपी भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का सशत्र प्रहरी प्रमुख समेत रहनु भएका गौतमले यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न आफूहरु सदैव तयार रहेको बताउनुभयो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गोलागन्जका प्रहरी निरीक्षक मुकुन्द घिमिरेले स्वागत गर्नु भएको कार्यक्रममा बाराका सशस्त्र प्रहरी उपरीक्षक रविणराज कर्णजित, सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख रीमादेबी कुशवाहा, प्रमुख प्रसाशकीय अधिकृत बीरेन्द्रप्रसाद साह, ईलाका प्रहरी सिम्रौनगढका प्रहरी निरीक्षक दीपक सुवेदी, वडा नम्बर ७ का वडा अध्यक्ष रमेश कुश्वाहा, ६ का शंकर साह कानु, ५ का रामबहादुर पटेल, ११ का हेम चन्द्रप्रसाद लगायतको उपस्थिति थियो भने कार्यक्रम सशस्त्र प्रहरी निरीक्षक मोहन श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।