नरेश गुप्ता
बरियारपुर,कलैया उपमहानगरपालिका वडा नम्बर २० स्थित बसतपुरमा युवा संघ नेपालको मंगलबार वडा कमिटी गठन भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय निर्वाचन विभागका सदस्य सुरेन्द्र यादवको विशेष उपस्थितिमा युवा संघको वडा कमिटी गठन गरिएको हो ।
युवा संघको वडा कमिटीको अध्यक्षमा अजहिर अहमद, उपाध्यक्ष, प्रसुराम यादव, समि अहमद, सचिव बिरेन्द्र साह तुरहा, सह सचिवमा नरेन्द्र कुमार, अरफान ठकुराई, कोषाध्यक्षमा सहिम ठकुराई र सदस्यहरुमा फुलमहमद अन्सारी, मुस्तुफा अन्सारी, सुरेन्द्र महतो रहेका छन । सो अवसरमा नेकपा एकीकृत समाजवादी बारा जिल्ला सचिव बिक्रम ठाकुर, अनेरास्ववियुका केन्द्रीय सदस्य ईमरान आलम, सुरेश मोदकलगायतको सहभागिता रहेको थियो ।