निजगढ,राष्ट्रिय टिममा इन्ट्री गरेका निजगढका फुटबलर सृजनराज गौतमको बुधवार निजगढमा बिदाई गरिएको छ ।
निजगढ ९ स्थित राजमार्ग होटलमा भएको कार्यक्रममा स्थानीय खेलप्रेमी र आफन्तले सफलताको शुभकामनासहित फुटबलर गौतमको विदाई गरेका हुन ।निजगढ ५ का सृजनराज गौतमले गत महीना नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान पाएका थिए । युवा फरवार्ड सृजनले घरेलु क्लबबाट प्रदर्शन गर्दै पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले दुई खेलका लागि घोषणा गरेको अन्तिम टोलीमा युवा खेलाडी सृजन राज गौतम र सुदुरपश्चिमका कुशल देउबालाई नयाँ खेलाडीको रुपमा समावेश गरेका हुन ।

पहिलो पटक सिनियर फुटबल टिममा पर्न सफल भएका सृजनराज गौतमलाई यसअघि म्याट रोसले सिंगापुर र मलेसिया विरुद्धको खेलअघि पनि बन्द प्रशिक्षणमा बोलाएका थिए । तर त्यसबेला उनले अन्तिम टोलीमा स्थान बनाउन भने सकेनन् ।निजगढ ५ स्थित सार्वजनिक माविबाट माध्यमिक तहको शिक्षा पूरा गरेका सृजनले गत वर्ष भएको शहीद स्मारक सी डिभिजन लिगमा बागमती युथ क्लबबाट खेलेका थिए ।

Leave a Reply