आर. के. चौधरी
सखुवाप्रसौनी,पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ स्थित रङ्गपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पवनकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलवार राष्ट्रिय वन क्षेत्रबाट चोरी तस्करी गरी साइकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा एक थान सालको गोलिया बरामद गरेको छ ।प्रहरीले बिहान ४ बजेको समयमा पटेर्वासुगौली वडा नम्बर २ स्थित बैजनाथपुर टोलको सडकबाट चोरी निकासी गरी ल्याउदै गरेको अवस्थामा सालको गोलिया बरामद गरेको प्रहरी चौकी रङ्गपुरले जानकारी दिएको छ ।त्यसैगरी पर्सागढी नगरपालिका वडा ४ बाट प्रहरी चौकी बडनियारले मंगलवार १ः४५ बजे राती तिन ओटा सालको गोलिया र तिन थान तीन साइकल बरामद गरेको सबैया साझेदारी वन कार्यालयमा बुझाएको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी गराउनुभएको छ ।



















