वीरगन्ज –  बिरगंज महानगरपालिका अन्र्तगतका सबै विद्यालयहरुमा निशुल्क स्नेटरी पैड बितरण कार्य सुरु गरिएको छ । गतबर्ष देखि सुरुगरिएको उक्त अभियानलाई विद्यालयहरुमा स्नेटरी पैड मशिन जडान गरेर निरन्र्तरता दिने अभियानमा वीरगन्ज महानगरपालिका जुटेको छ ।वीरगन्ज महानगरपालिका मित्र रहेका सबै माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयहरुमा स्नेटरी पैड मशिन जडान कार्यलाई सुरु गरिएको छ ।

 

 

 

 

 

 

नगर प्रमुख बिजय कुमार सरावगीले गतबर्ष निशुल्क स्नेटरी पैड बितरण कार्यक्रममा घोषणा गरे अनुसार महानगरपालिकाले विद्यालयहरुमा स्नेटरी पैड मशिन जडान अभियानलाई आज एक कार्यक्रम गरि सुुरु गरिएको हो । आवश्यकता अनुसार एटिएम जस्तै स्नेटरी पैड निकाल्न सक्ने उक्त मशिन महानगरपालिकामा रहेका सबै ९२वटा मसिन जडान गरिने महानगरपालिकाले जनाएको छ ।

 

 

 

 

 

 

आइतबार विहान एक कार्यक्रम गरि जडान गरिने मसिन संचालनको बारेमा प्राविधिक जानकारी गराइएको थियो ।वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगी , उपमेयर सुश्री शान्ति कार्की र शैक्षिक महाशखाका प्रमुख अरबिन्द कर्णको विशेष उपस्थितीमा रहेको उक्त कार्यक्रममा मसिनहरुमा पैड राख्ने तथा छात्राहरुले आवश्यकता अनुसार सहज रुपमा निकाल्न सकने कार्यको बारेमा जानकारी समेत गराइएको थियो ।

Leave a Reply