नरेश गुप्ता
बरियारपुर,बारामा कोभिड १९ का बिरामीहरु मध्ये होमआईसोलेसनमा बस्नेको संख्या अधिक रहेको तथ्यांकले देखाएको छ । विभिन्न स्थानीय तहमा निर्माण गरिएको आईसोलेसन भन्दा होम आसोलेसनमा बस्ने संकंमितको संख्या बढी रहेको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।
होम आईसोलेसनमा ९ महिला सहिला २८ जना संक्रमित घरमा नै उपचार्थ रहेको छन । त्यसैगरी बाराको विभिन्न स्थानीय तहमा निर्माण गरिएको आईसोलेसन वार्डमा ३ जना महिला र ११ जना पुरुष गरि १४ जना संक्रमित चिकित्सकको निगरानीमा रहेका छन । कोभिड १९ संक्रमण भएको बारामा सोमबार ११ जना महिला र ३१ जना पुरुष उपचार पछि निको भएर घर फर्केको तथ्यांक रहेको छ । विभिन्न स्थानीय तहमा बनाईएको आसोलेसन वार्डमा निम्न बर्गका संक्रमितहरु बढी रहेको छ । कोभिड १९ को संक्रमण बाट हालसम्म बारामा ९८ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यलय बाराको तथ्यांकमा उल्लेख रहेको छ ।