सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा श्री शिव महापुराण ज्ञान महायज्ञ हुने भएको छ ।
पञ्चेश्वर महादेव मन्दिरको आयोजनामा वडा नम्बर २ नरबस्तिस्थित श्री पञ्चेश्वर शिवालय मन्दिरमा शिव महापुराण ज्ञान महायज्ञ हुन लागेको हो । मन्दिरको जीर्णोद्धार तथा भौतिक संरचना सुधार गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको शिव महापुराण ज्ञान महायज्ञ भदौ २ गतेसम्म संचालन हुनेछ ।
शिव महापुराणमा पंडित नवराज अधिकारीले कथा बाचन गर्नुहुने छ । शिव महापुराणमा झाँकी तथा सङ्गीतमय कथा बाचन समेत गरिने आयोजक समितिका संयोजक बिरेन्द्र बास्कोटाले जानकारी दिनुभयो ।शिव महापुराणमा भाद्र १ गतेसम्म प्रत्येक दिन विहान ७ बजेदेखि मध्यान्न १२ बजेसम्म पूजापाठ र मध्यान्न १ः३० बजेदेखि ५ः३० बजेसम्म कथा वाचन हुनेछ । यसैगरी साँझ ८ बजेदेखि महात्मिक कथा तथा झाँकी प्रदर्शन गरिनेछ ।श्रावण २५ गते काल सर्प दोष शान्ति, भाद्र १ गते लक्ष्य दीप प्रज्वलन रात्री जागरण र भाद्र २ गते स्वत तिला अर्पण तथा हवन कार्यक्रम हुने संयोजक समितिका संयोजक बास्कोटाले जानकारी दिनुभयो ।



















