काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गर्नुभएको छ ।
बुधवार प्रतिनिधिसभामा मतदानमार्फत बजेट पारित भएलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ यो प्रतिक्रिया व्यक्त गर्नुभएको हो । उहाँले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताउनुभयो ।ओलीले भन्नुभयो, ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वाभाविक हो । हामीले आफ्नो मत देखायौँ । प्रधानमन्त्रीको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झ¥यो भन्ने त्यहाँ देखियो । त्यसमा अरू केही भनिरहनु परेन ।’एमालेको मागअनुसार बजेट पारित गर्नका लागि बुधवार प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो ।



















