कृपा संवाददाता
मन्हर्वा , २४ कार्तिक । बाराको जतिपुरसिमरा–१, पथलैया नजिकै भएको सवारी दुर्घटनामा परि एक पुरुषको ज्यान गएको छ । भने मृतकसँगै रहेकी अर्की एक महिला गम्भिर घाईते भएकी छन् ।
आइतबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा ४ का उदयराज सापकोटाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेका दुबै श्रीमान् श्रीमती भएको प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गको पथलैया–अमलेखगञ्ज सडकखण्ड अन्तर्गत पर्सा राष्टिय निकुञ्जको आधाभार नजिक जंगलमा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

 

 

दुर्घटनामा परि गम्भिर घाईते भएकी दुर्गा सापकोटाको सिमरा स्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछी पर्सा गण्डक स्थीत बयोदा अस्पतामा थप उपचार भइरहेको छ । ईलाका प्रहरी कार्यालय सिमरा अनुसार बिरगजंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ७ ख २०२ नम्बरको बसले विपरित दिशाबाट आइरहेको ना५५प ६४४१नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनालगत्तै प्रहरीले घाइते महिलालाई उद्दार गरि अस्पताल पठाएको थियो ।

 

 

इलाका प्रहरी कार्यलय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरिले मृतकको शव शल्य परीक्षणका लागि बिरगजं स्थित नारायणी अस्पताल पठाइएको जानकारी दिए । ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको पुरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here