सिमरा,नेपाल ग्यास उद्योग (नारायणी) प्रा.लि.ले ६६५ थान सिलिण्डर नष्ट गरेको छ । ३६ बर्षदेखि निरन्तर नेपालमा खाना पकाउने एल.पि.ग्यास बिक्री गर्दै आएको उद्योगले सुरक्षाको दृष्टिकोणले उपयोग गर्न नमिल्ने सिलिण्डर नष्ट गरेको हो ।

हाईडोलिक परिक्षणमा कमजोर तथा जोखिमुयुक्त देखिएका १६. ९ केजी दरका ६६५ थान ग्यास सिलण्डर नष्ट गरिएको उद्योग कार्यालयका प्रमुख जिवन छतकुलीले जानकारी दिनुभयो ।बाराको सिमरा मुख्य कार्यालय रहेको उद्योगको धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.९ बडहरीमा डिपो संचालनमा छ । त्यहाँ रहेका प्रयोग गर्न नमिल्ने देखिएका कमजोर सिलिण्डर बिहीवार स्थानिय वडा अध्यक्ष दिपकजंग थापा, ग्यास बिक्रेता संघका प्रतिनिधि र स्थानियबासीको रोहबरमा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।यस अघि २०७७ साल साउन ५ गते १ हजार २ सय थान सिलिण्डर नष्ट गरेको उद्योगले पुनः ६६५ थान नष्ट गरेको हो । उपभोक्ताको सुरक्षालाई दृष्टीगत गरी आगामी दिनमा समेत यस्तो कार्यलाई निरन्तरता दिईने कार्यालय प्रमुख छतकुलीले बताउनुभयो ।
















