सिमरा,नेपाल जेसीजको आयोजनामा शनिवारदेखि सिमरामा नेपाल ‘लोम लिडर्स एकेडेमी २०२५’ सुरु भएको छ ।
तीन दिने एकेडेमीको एक कार्यक्रमकाबीच नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभएको थियो । एकेडेमीको उद्घाटन गर्दै मन्त्री पौडेलले युवा जनशक्तिलाई देशभित्रै सदुपयोग गर्दा नसक्दा मुलुक पछि परिरहेको बताउनुभयो ।

युवाको ठूलो जनशक्ति भएको देश आर्थिक विकास र पूर्वाधार निर्माणका हिसाबले पछि पर्न नहुने मन्त्री पौडेलको भनाई रहेको थियो ।मन्त्री पौडेलले देशमा भएका शक्तिलाई प्रयोग नगरेर परनिर्भरताको मनोविज्ञान विकास गरिरहनु ठिक नहुने बताउनुभयो । राज्यले ठूलो लगानी गरेर उत्पादन गरेको प्राविधिक जनशक्ति समेत बाहिरिने गरेको बताउँदै मन्त्री पौडेलले दक्ष जनशक्ति र युवा शक्तिलाई देशभित्रै बस्ने वातावरण निर्माण गर्न अपरिहार्य रहेको बताउनुभयो ।मन्त्री पौडेलले तीन दिनसम्म संचालन हुने एकेडेमीले युवा नेतृत्वको विकासमा महत्वपूर्ण योगदान खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
सिमरा जेसीजको समन्वयमा आयोजित एकेडेमीमा देशको एक सय ८१ शाखाका प्रतिनिधि सहभागी छन् ।नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव विकेशलाल श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply