निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ८ का ३४ वर्षिय लालध्वज लामा ‘सानू’ को हत्या सम्बन्धि मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले बारा जिल्ला अदालतको फैसलालाई बुधवार सदर गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा २ वर्षअघि जिल्ला अदालत बाराले निजगढ नगरपालिका वडा नम्बर– ८ का ३३ वर्षिय केशवराज शिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा नम्बर ९ बस्ने वर्ष ४५ को ‘संजय’ भनिने चक्रबहादुर तामाङ र सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङतानविरुद्ध सुनाएको जन्मकैदको फैसला उच्च अदालतले सदर गरेको हो ।

अदालतका न्यायाधिस रत्नबहादुर बाँगचन र भरत लम्सालको १ नम्बर संयुक्त इजलासले जिल्ला अदालत बाराको फैसला सदर गर्ने आदेश दिएको मृतकका दाजु आसमान लामाले जानकारी दिनुभयो ।जीतपुरसिमरा वडा नम्बर २२ अमलेखगंजस्थित ससुराली घरबाट २०७७ साल असार २१ गते बेपत्ता भएका लालध्वजको एक सातापछि जीतपुरसिमरा उपमहानागरपालिका वडा नम्बर– २२ अमलेखगंजस्थित २ नम्बर पुल पुर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो ।जिल्ला अदालतको फैसलामा पुनरावेदन माग गर्दै परेको रिटमा उच्च अदालतले फैसला सुनाएको हो ।

Leave a Reply