वीरगन्ज, १९ भाद्र/ बिन्दबासिनी गाउँ पालिकाका अध्यक्ष प्रमोद तिवारीले वडा नम्बर २ को बहुवर्वा भट्ठा स्थित रहेको गाउँ कार्यपालिका कार्यालयको आज अनुगमन गर्नु भएको छ ।
अनुगमनको क्रममा गाउँपालिका बाट हुने कामकाजको अवस्थामा सुधार ल्याउनका लागि पालिकाको सम्पूर्ण कर्मचारीको महत्त्वपूर्ण भुमिका रहने भएकोले सबैले इमानदार भएर जिम्मेवारी पूरा गर्नु पर्ने बताउनु भयो ।गाउँपालिकाको बिकासको मुख्य मेरुदण्ड रहेको पालिकामा सुधार हुनु पर्ने बताउँदै सबै कर्मचारीलाई समय मै उपस्थिति भइ आआफ्नो काममा लाग्न आग्रह गर्नुभयो ।
भोलि देखि सबै कर्मचारीलाई समयमा आउने तथा समयमा नआउने कर्मचारीको हाजिरी काटिने उहाँले बताउनु भयो । आज सबै कर्मचारीलाई गाउँपालिका कार्यालयमा भेला गरी भोलि देखि समयमा आउने तथा नआएका कर्मचारीको हाजिरी १०ः १५ बजेमा हाजिरी काटिदिने उहाँले बताउनु भयो ।
क्षेत्रको चौतर्फी बिकासका लागि विभिन्न कार्यक्रम संचालन गरेकोले समयमा कार्यालय आई सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो । यदि कुनै कर्मचारीलाई पालिकाको कामले ढिलो भएमा वा पालिका आउन नसकेमा पालिकाका प्रमुख अधिकृत अथवा लेखा प्रमुखलाई जानकारी गराई दिनु हुन बताउनु भयो । साथै पालिकाको काम काजले पालिकाको गाउँमा जानु परेमा गाउँपालिकाको लगबुकमा लेखी जान बताउनु भयो ।

















